News
Back To News

May 23, 2020



सुक्ष्म जीवहरु माटोका अभिन्न अंग हुन् जुन स्वस्थ माटोमा असंख्य संख्यामा रहेका हुन्छन । उर्भर माटोमा बिभिन्न किसिमका सुक्ष्म जीवहरु रहेका हुन्छन जस्तै ब्याक्टेरिया, ढुसी, प्रोटोजोवा, भाइरस, अल्गी आदि । सामान्यतया सुक्ष्म जीव भन्ना साथ हामी विभिन्न रोग लगाउने जीवाणुहरु सोच्न पुग्छौ तर वास्तवमा ति जीवाणुहरुको तुलनामा माटोमा असंख्य संख्यामा लाभदायक सुक्ष्म जीवहरु रहेका हुन्छन तिनीहरुले माटोलाइ सुन्तलित राख्न मद्धत गर्छन । यिनीहरु विरुवाहरुको जराको सेरोफेरोमा बढी मात्रामा केन्द्रित रहन्छन जहाँ यिनीहरुको खाना प्रशस्त मात्रामा उपलब्ध हुन्छ।

👉जैविक पदार्थ कुहाउने:
सुक्ष्म जीवहरुले जैविक पदार्थ कुहाएपछि मात्र विरुवालाई चाहिने पोषक तत्व माटोमा निस्किन्छ र विरुवालाइ उपलब्ध हुन्छ ।

👉नाइट्रोजनको माटोमा स्थिरीकरण:
सुक्ष्म जीवहरु जस्तै राइजोबियम ब्याक्टेरिया, एजोटोब्याक्टर आदिले वायुमण्डलमा भएको नाइट्रोजन माटोमा स्थिरिकरण गरि विरुवालाई उक्त तत्व उपलब्ध गराउन सहयोग गर्छन । राइजोवियम ब्याक्टेरियाले कोसेबालीहरुको जरामा गिर्खा बनाएर त्यसमानाइट्रोजन जम्मा गर्छ भने एजोटोब्यक्टरले स्वतन्त्र रुपमा नै नाइट्रोजन स्थिरीकरण गर्छ ।

👉विरुवालाइ पोषक तत्व उपलब्ध:
माइकोराइजाले बिरुवाको जरा फैलावटमा बृदिगरि पोषक तत्व सोस्ने क्षमता बृदि गर्छ, फोस्फेट घुलाउने ब्याक्टेरिया (जस्तै: ब्यासिलस, सीउडोमोनास, माइकोब्याक्टेरियम) ले माटोमा रहेको इनअर्गानिक फस्फोरस घुलाएर बिरुवाले लिन सक्ने फस्फोरस आयोनको रुपमा परिणत गर्छ । माटोमा पोषक तत्व बिभिन्न समिश्रण वा रुपमा हुन सक्छन जुन एक किसिम बाट अर्को किसिममा परिवर्तित गराउने काममा सुक्ष्म तत्वको अहम भूमिका रहन्छ । पोषक तत्वहरुको पनि यसरी आआफ्नो चक्र हुन्छ जुन पुरा हुन सुक्ष्म जीवले महत्वपूर्ण भूमिका खेल्छन ।

👉हानिकारक रसायन :
माटोमा रहेका वा प्रयोग गरिएका बिषादीहरु बाट जम्मा हुने हानिकारक रसायनलाई गलाउन सुक्ष्म जीवले दिनरात कार्य गर्दछन ।

👉माटोको संरचना राम्रो पार्ने:
केहि माटोका सुक्ष्म जीवले पोलीसेकराइड, गम, ग्लाईको प्रोटिन उत्पादन गरि माटोका कणलाई एकीकृत गरि टासिन सघाउ पुर्याउने हुदा माटोको राम्रो संरचना तयार हुन्छ । उर्भर माटोको संरचना पनि राम्रो हुन्छ ।

👉बोटबिरुवाको बृदिविकासमा प्रोत्साहन:
बिरुवा बर्दक पदार्थहरु जस्तै अक्जिन, गिबरलिन आदि माटोमा रहेका सुक्ष्म जीवहरुले उत्पादन गर्ने गरेको पाइएको छ जसले बिरुवाको बृदि विकासमा मद्धत गर्छ ।

👉बालीको रोग किरा नियन्त्रण:
ब्यासिलस थुरिनजेन्सिस नामक ब्याक्टेरियाले झुसिलकिराको प्रभावकारी नियन्त्रण गर्छ साथै यसको ब्यवसायिक उत्पादन गरि संसारभर व्यापक पर्योग भइरहेको छ । ट्राइकोडर्मा नामक ढुसीले बिभिन्न जरा कुहाउने जस्ता ढुसीजन्य रोगहरुको नियन्त्रण गर्छ । विभिन्न सुक्ष्म जीवहरुले एन्टीबायोटिक निकाल्ने हुदा जसले ब्याक्टेरिया जन्य रोगको नियन्त्रण गर्न सहयोग गर्छन ।

सुक्ष्म जीवहरु माटोलाइ जीवित तुल्याउने अभिन्न अंग हुन् । यी जीवहरुले माटोको भौतिक, रासायनिक र जैविक गुणलाइ राम्रो बनाउदछन । कृषिको दिगो विकासको लागि यी सुक्ष्म जीवहरुले खेलेको भूमिकालाई मध्यनजर गर्दै खेति प्रणाली अपनाउनु उपयुक्त हुन्छ । मेसिन प्रयोग गरि बढी खनजोत, उच्च रासायनिक मल र विषादीको प्रयोग, माटोमा प्रांगारिक पदार्थको कमि आदि कारणले माटोमा रहेका लाभदायक सुक्ष्म जीवहरुलाई असर गर्दछ जसले तिनको संख्या घट्छ । रासायनिक पदार्थको प्रयोगमा कम गरि प्रांगारिक मलखाद र जैविक विषादीको प्रयोग गर्दा माटोमा रहेका सुक्ष्म जीवलाइ असर पुग्दैन, स्वस्थ उत्पादन लिन सकिन्छ साथै दिगो कृषि विकासको लक्ष्य पुरा गर्न सहयोग पुग्छ ।

Copied...🙏🙏🙏
TeeKa AbiRal🙏🙏🙏

UCHIT; for sustainable agriculture

Turn your Facebook Page into a website, instantly.

Try now for 14 days FREE

No credit card required, unsubscribe at any time. pagevamp.com